ट्रेन्डिङ

Logout

गणतन्त्र दिवसमा काठमाडौंमा कडा सुरक्षा व्यवस्था

5.4k Shares

गणतन्त्र दिवसको अवसरमा सत्तारूढ दल नेकपा (एमाले) र राजसंस्थाको पक्षमा रहेको राप्रपासहितका दलले काठमाडौंमा एकैसाथ प्रदर्शनको तयारी गरेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।  

एमालेको कार्यक्रम भृकुटीमण्डप क्षेत्रमा सुरु भएको छ भने राप्रपा र अन्य समूहले दिउँसो २ बजेपछि शान्तिबाटिकामा कार्यक्रम गर्ने तयारी गरेका छन्। काठमाडौं जिल्ला प्रशासनले दुवै समूहबीच भेट नहोस् भनी समय निर्धारण गरेको छ। एमालेले आफ्नो कार्यक्रम दिउँसो २ बजेभित्र सम्पन्न गर्नुपर्नेछ, त्यसपछि राप्रपासहितका दलको कार्यक्रम सुरु हुनेछ।  

एमालेको कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली भृकुटीमण्डपतर्फ जाँदैछ। राजावादीहरूको कार्यक्रमको पनि तयारी भइरहेको छ।  

यसैबीच, काठमाडौं प्रशासनले राप्रपाको कार्यक्रमस्थल वरपर चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शन र त्यसबाट उत्पन्न तनावलाई मध्यनजर गर्दै यति ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको एक सुरक्षा अधिकृतले बताए।  

शान्तिबाटिकाසহित काठमाडौंका संवेदनशील क्षेत्रमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएका छन्। विमानस्थललगायत महत्त्वपूर्ण स्थानको सुरक्षालाई पनि प्राथमिकता दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार