ट्रेन्डिङ

Logout

कर्मचारीमाथि छानबिन हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्दैन: गृहमन्त्री लेखक

4.7k Shares

१४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुनै उदाहरण नभएको बताएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले पछिल्ला तीन आर्थिक वर्षमा अख्तियारमा दर्ता भएका उजुरीहरूको तथ्यांक प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।

पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ उजुरी दर्ता भएका छन् । यी उजुरीहरू कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीविरुद्ध रहेका छन् । ‘तीमाथि छानबिन र मुद्दा दर्ता गर्ने काम अख्तियारले गरिरहेको छ,’ उनले भने, ‘कर्मचारीमाथि छानबिन भएको आधारमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान्, तपाईंहरूले नै विचार गर्नुहोला ।’

गृहमन्त्री लेखकले तीन आर्थिक वर्षको अवधिमा गृह मन्त्रालयको नेतृत्व तीन फरक मन्त्रीले गरेको उल्लेख गर्दै त्यस अवधिमा परेका उजुरीमा अख्तियारले छानबिन गरे पनि कुनै गृहमन्त्रीले राजीनामा नदिएको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार