ट्रेन्डिङ

Logout

भारतमा कोरोना सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै: केरलामा सबैभन्दा धेरै सङ्क्रमित

7k Shares

भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १,०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार केरला राज्यमा सबैभन्दा धेरै ४३० सङ्क्रमित फेला परेका छन्।

मङ्गलबार कर्नाटकमा ३६, गुजरातमा १७, विहारमा ५ र हरियाणामा ३ नयाँ सङ्क्रमित भेटिएका छन्। गुजरातमा १३ जना सङ्क्रमित निको भएका छन्।

यसैबीच, उत्तर प्रदेशको फिरोजाबादमा मङ्गलबार उपचारका क्रममा ७८ वर्षीय कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोभिडको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो।

थप रूपमा, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा गरी ११ सङ्क्रमितको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कुल मृत्यु सङ्ख्या १२ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार