ट्रेन्डिङ

Logout

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

5.3k Shares

युवा संघ नेपालको नवौं महाधिवेशनबाट अधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन् ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्ष बनेका थेबे पोखरामा भएको दशौं महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिएका हुन्। प्रतिदन्दी सुमन पुरीलाइ हराउदै थेबेले अध्यक्ष पद दोहोर्‍याएका हुन ।

 

थेबेले अध्यक्ष पदमा ७९६ मत पाएका थिए भने उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाएका थिए। प्रत्यासि उदेद्वार पुरी आठौं महाधिवेशनबाट संघको उपाध्यक्ष बनेका थिए भने नवौं महाधिवेशनमा महासचिव बनेका थिए।  नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका पुरीले १८८ मतले पराजय ब्यहोर्नु परेको छ ।

 

युवा संघका पदाधिकारीसहित केन्द्रीय समितिका अधिकांश पदमा पनि थेबे प्यालन निर्वाचित भएका छन्। ‘निर्वाचनको परिणाम आयो, अध्यक्षसहित पदाधिकारी क्षितिज थेबेको प्यानल विजयी भएका छन्,।

अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलम उम्मेदवार निर्वाचित भएकाछन् ।

अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार पराजित भएकाछन् ।

मंगलबार भएको इलेक्ट्रिक भोटिङ मेसिनमार्फत भएको निर्वाचनमा ९ वटा क्षेत्र र ४० वटा बुथ बनाइएको थियो। निर्वाचनमा देशभरबाट पोखरा आएका १ हजार ७६५ जनामध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार