ट्रेन्डिङ

Logout

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ, सर्वोच्चमा आदेशको सम्भावना

6.6k Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। 

बिहीबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको यो रिटमा आज जाहेरवालाको बहस सकिएपछि लामिछानेका वकिलले जवाफी बहस गर्नेछन्। आजै रिटमा आदेश आउने सम्भावना छ।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मङ्गलबारदेखि शुरू भएको सुनुवाइ निरन्तर ‘हेर्दाहेर्दै’ मा छ। लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन्। 

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका हुन्। हाल उनी रुपन्देही कारागारमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार