ट्रेन्डिङ

Logout

सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइन पेमेन्ट गेटवे, डिजिटल भुक्तानी अब थप सहज

7.3k Shares

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ। यो सेवाले बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट) हरूलाई नेपाल र विदेशमा रहेका ग्राहकबाट भिसा र मास्टर कार्डमार्फत सहजै अनलाइन भुक्तानी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ। 

यो पेमेन्ट गेटवेले ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) लगायतलाई स्वदेश र विदेशबाट अनलाइन भुक्तानी लिन सजिलो बनाउनेछ।

यो सेवाले भौतिक कार्ड प्रस्तुत गर्नुपर्ने झन्झट हटाएर भुक्तानी प्रक्रियालाई सरल बनाएको छ। साथै, आधुनिक प्रविधिको प्रयोगले अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउने छ। 

सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेको मुख्य लक्ष्य डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र पहुँचयोग्य बनाउनुका साथै मर्चेन्टहरूलाई व्यापारिक अवसर विस्तारमा सहयोग पुर्‍याउनु हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार