ट्रेन्डिङ

Logout

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान: जेठ १ मा बैतडीबाट सुरु [ कार्यतालिका सार्वजनिक ]

6.4k Shares

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अन्तर्गत दोस्रो अभियानको कार्यतालिका सार्वजनिक गरेको छ। यसअघि बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेपछि गठित तीन सदस्यीय कार्यदलले कार्यतालिका तयार पारेको हो। 


महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पोखरेल र वर्षमान पुन सम्मिलित कार्यदलले अभियानलाई मूर्त रूप दिएको छ। माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जेठ १ गते बैतडीको पाटनबाट अभियान उद्घाटन हुने जानकारी दिनुभयो। 


“अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरू वैशाख ३१ गते साँझ बैतडी पुग्नुहुनेछ। जेठ १ गते बिहान पाटनमा अभियानको उद्घाटन हुनेछ। पहिलो चरणमा जेठ १ देखि १० गतेसम्म बैतडीदेखि कास्कीसम्मको कार्यतालिका तय भएको छ,” पोखरेलले भन्नुभयो। 


उहाँले अभियानमा स्थानीय सरकार र विभिन्न जातजातिका समुदायले आफ्नो संस्कृतिअनुसार स्वागत गर्ने गरेको दाबी गर्नुभयो। “हुलाकी राजमार्गकेन्द्रित अभियान निकै सफल भयो। अब मध्यपहाडी लोकमार्ग अभियान सुरु हुँदैछ, जसमा जनताको उत्साहजनक सहभागिता छ,” उनले भने। अभियानका क्रममा स्थानीय समस्याहरू सम्बोधन गर्न नागरिकहरूले नेतृत्वलाई मागपत्र र ज्ञापनपत्रहरू बुझाएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार