ट्रेन्डिङ

Logout

देवानगञ्ज गाउँपालिकामा शान्ति सुरक्षा बैठक सम्पन्न, चोरी र तस्करी नियन्त्रणमा कडाइ हुने

18.4k Shares

सुनसरी । देवानगञ्ज गाउँपालिकामा पछिल्लो समय चोरी र तस्करीका घटना बढ्दै गएपछि आज पालिकाको सभाहलमा शान्ति सुरक्षा सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै नियन्त्रणका उपायहरूबारे निर्णय लिइएको छ।

बैठकमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता, वडा नं. २ का अध्यक्ष जगननारायण मेहता, वडा नं. ३ का अनिल भगत, वडा नं. ४ का सुशील कुमार मेहता र वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहतालगायत जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा दुहबी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमसिना, देवानगञ्ज प्रहरी निरीक्षक कमल विष्ट, चिमडी प्रहरी बरिष्ठ नायब निरीक्षक कृष्णबहादुर श्रेष्ठ, साहेवगञ्ज प्रहरी उपनायक निरीक्षक उत्तम कुमार कार्की, अस्थायी प्रहरी चौकी रा.सी. का प्रहरी नायब निरीक्षक विकास भट्टराई, कप्तानगञ्ज प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जीवन कार्की लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए।

IMG20250508145239.jpg

 

कार्यक्रममा बोल्दै अध्यक्ष मेहताले वडानं २ मा सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर रातारात चोरी भएको घटनालाई दुःखद भन्दै चोरलाई चाँडै पक्राउ गरी कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिनुभयो। उहाँले केही दिनअघि वडा नं. १ को यादव टोलमा रातिको समयमा घरमा चोरी भएको तर अहिलेसम्म अपराधी पत्ता नलागेको उल्लेख गर्दै प्रहरीको भूमिका थप सशक्त हुनुपर्नेमा जोड दिनुभयो।

IMG20250508145340.jpg

देवानगञ्ज प्रहरी निरीक्षक कमल विष्टले चोरीजस्ता कुनै पनि घटना भएमा तुरुन्त प्रहरीलाई जानकारी दिन अनुरोध गर्दै अबदेखि भारतबाट आउने भारतीय नम्बर प्लेटका सवारीसाधनलाई कडाइका साथ चेकजाँच गरिने जानकारी दिनुभयो। गाडी चालक तथा यात्रुको परिचय खुल्ने कागजात अनिवार्य हेर्ने र रजिस्टरमा विवरण दर्ता गरिने निर्णय गरिएको उहाँले बताउनुभयो।

IMG20250508145307.jpg

वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहताले भारतीय नम्बर प्लेट भएका गाडीहरू कागजातविना तिव्र गतिमा चलाउने गरेको र केही दिनअघि एक गाडीले दुर्घटना गराई फरार भएको घटनातर्फ सुरक्षा निकायको ध्यानाकर्षण गराउनुभयो।

IMG20250508145246.jpg

यसले देवानगञ्ज गाउँपालिकाभित्र बढ्दै गएको चोरी, तस्करी तथा अवैध आवतजावत नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै सम्पन्न भएको छ।

IMG20250508145253.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार