ट्रेन्डिङ

Logout

टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते

5.4k Shares

जापानको राजधानी टोकियोस्थित ताचिकावा दाइसान प्राथमिक विद्यालयमा बिहीबार बिहान दुई व्यक्तिले प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन्। आक्रमणबाट कर्मचारीहरूलाई सामान्य चोटपटक लागेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। 


फुजी टिभीले प्रहरी स्रोतलाई उद्धृत गर्दै भनेको छ, “पक्राउ परेका आक्रमणकारीहरूले झ्याल फुटाएर कक्षाकोठामा प्रवेश गरेका थिए।” यद्यपि, एएफपीले सम्पर्क गर्दा प्रहरीले घटनाको तत्काल पुष्टि गरेको छैन। यसअघि जापानी मिडियाले चार कर्मचारी घाइते भएको उल्लेख गरेका थिए। 
घटना टोकियोको पश्चिमी क्षेत्रमा रहेको उक्त विद्यालयमा भएको सरकारी प्रसारक एनएचकेले जनाएको छ। विद्यालयको वेबसाइटअनुसार यहाँ ५०० भन्दा बढी विद्यार्थी र ३० भन्दा बढी कर्मचारी छन्। जापानमा कक्षा दुईमा पढ्ने विद्यार्थीहरू सामान्यतः ७ देखि ८ वर्षका हुन्छन्। 

विद्यालयको टेलिभिजन फुटेजमा प्रहरी र सुरक्षा कर्मचारीहरू परिसरभित्र र वरपर तैनाथ रहेको देखिएको छ। 


जापानमा हिंसात्मक अपराध निकै कम हुने गर्छ। यहाँ हत्याको दर न्यून छ र विश्वकै कडा बन्दूक नियन्त्रण कानुनहरू लागू छन्। 


यसैबीच, अर्को घटनामा टोकियोको सबवेमा छुरा प्रहार गरी हत्याको प्रयास गरेको आरोपमा एक व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ। भीडभाडको समयमा भएको उक्त आक्रमणमा दुई जना घाइते भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार