ट्रेन्डिङ

Logout

सवारी सञ्चालनमा रोक

4.8k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोध प्रदर्शनलाई ध्यानमा राख्दै सिंहदरबार वरपरको सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रको दक्षिण गेट, हनुमानथान, अनामनगर, न्यूप्लाजा, वैद्यखाना र स्वास्थ्य मन्त्रालय आसपासका सडकमा सवारी आवागमनमा रोक लगाइएको छ । यी क्षेत्रका सडक सुनसान छन् र विभिन्न ठाउँमा ब्यारिकेड राखेर आवतजावत बन्द गरिएको छ ।

सिंहदरबारको पर्खाल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी र दङ्गा नियन्त्रण बल तैनाथ गरिएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल नजिकै पानीको फोहोरा हान्ने गाडीसहित दङ्गा नियन्त्रण टोली पनि राखिएको छ ।

सिंहदरबार प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ, र सघन जाँचपछि सीमित व्यक्तिहरूलाई मात्र प्रवेश अनुमति दिइएको छ । राप्रपाले तीनकुने घटनाको न्यायिक छानबिन र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनअघि सिंहदरबारभित्र पम्प्लेटसहित प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ, भने अन्य कार्यकर्ताहरूले रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार