ट्रेन्डिङ

Logout

हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति

5.5k Shares

 हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारका वर्षासहितको बाढीले क्षति पुर्‍याएको छ ।  हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार बिहीबार बिहान बाढीले पसल र घरहरुमा क्षति पुर्‍याएको हाे ।यद्यपि विवरणहरु अझै आउन बाँकी रहेको उनले रातोपाटीलाई बताए ।
खाद्य व्यवस्थापन कार्यालयमा पनि क्षति पुगेको उनको भनाइ छ । स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् । अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण संकलन गर्ने काम गरिरहेको बताए । बाढीले अमृत बुढाको पसल बगाएको छ भने आसपासका ११ पसलमा क्षति पुर्‍याएको हुम्लाका पत्रकार कालिबहादुर थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार