Live ताजा अपडेट

Logout

गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरी नियन्त्रणमा

यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्व वडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । 

मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले दिनुभएको जानकारीअनुसार उनीहरूसँग सोधपुछ भइरहेको छ । पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब महानिरीक्षक आचार्यले बताउनुभयो । 

चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही –५ का दलित दीपक मलिक (डोम) को घर गत फागुन १० गते भत्काइएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि उनीमाथि जातीय विभेद गरेको भन्दै तीव्र विरोध भएको थियो । 

यसै घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ । राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेको थियो । 

प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटक पटक यस घट्नाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ