ट्रेन्डिङ

Logout

बैंकमा पैसा थुप्रिएपछि आज फेरि २५ अर्ब तान्दै राष्ट्र बैंक

7.4k Shares

काठमाडौं –  बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज (असोज २ गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।

यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २३  गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । केन्द्रीय बैंकले यस अगाडि भदौ ३१ गतेपनि ५० अर्ब रुपैयाँ खिचेको थियो ।  केन्द्रीय बैंकले भदौ महिनाभरिमा सात पटक तरलता खिचेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार