ट्रेन्डिङ

Logout

नेपाली कामदारहरूको इजरायल प्रस्थानमा ढिलाई

6.6k Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा नेपाल र इजरायल सरकारबीचको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउने सम्बन्धमा केही जानकारी दिइएको छ।

वैदेशिक रोजगार विभागबाट आवेदन माग गरिएकोमा केही आवेदकहरूले पेश गरेका कागजातहरूमा केहि त्रुटिहरू देखिएको जनाइएको छ। यी कागजातहरू हाल छानबिनको प्रक्रियामा रहेको र छानबिन प्रक्रिया सम्पन्न भए पश्चात मात्र थप प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले सम्बद्ध सबैलाई यस विषयमा जानकारी गराउन अनुरोध गरेको छ।

press-shram.jpeg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार