Live ताजा अपडेट

Logout

सुदूरपश्चिमका भूमि व्यवस्था मन्त्री थापा बर्खास्त

सुदूरपश्चिमका भूमि व्यवस्था मन्त्री थापा बर्खास्त

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गर्नु भएको छ । आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलका अनुसार मुख्यमन्त्रीको निर्देशन नमानेका कारण थापालाई आइतबार बर्खास्त गरिएको हो । 

बर्खास्तमा पर्नु भएकी थापाले आइतबारको प्रदेशसभा बैठकमा सहभागी हुनु भएको थियो । सरकारले प्रदेश सभा बैठकमा सहभागी भएका कारण बर्खास्त गरेको अनुमान छ । उहाँले यसअघि अधिवेशन सुरु भएको दिन साउन ८ गते पनि प्रदेश सभाको बैठकमा सहभागिता जनाउनु भएको छ ।

नेपाली काँग्रेस र नेकपा (एमाले) सहितका दलले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाले साउन ८ गतेदेखि प्रदेश सभाको विशेष अधिवेशन बोलाउनु भएको छ ।  सरकारले सो बैठक अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि आव्हान गरिएको भन्दै प्रदेश सभामा सहभागी नहुने नीति लिएको छ । 

सङ्घीय सरकारको समीकरण फेरबदल भएपछि प्रदेशमा एमालेले समर्थन लिएकोले सरकार अल्पमतमा छ । सो सरकारले साउन १८ गते भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

बर्खास्तमा पर्नु भएकी थापा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सरकारमा हुनुहुन्थ्यो । सो पार्टीले नयाँ समीकरणलाई समर्थन गरेको छ । सोही कारण मन्त्री थापाले प्रदेश सभाको विशेष अधिवेशनमा भाग लिइरहनु भएको छ । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ