सूर्यकुमार यादव भारतीय टि ट्वान्टी क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् ।
भारतले श्रीलंकासँग हुने ३ टि ट्वान्टी आई सिरिजको लागि बिहीबार सूर्यकुमारको कप्तानीमा टोलीको घोषणा गरेको हो ।गत महिना भारतले टि ट्वान्टीको विश्वकप उपाधि जितेपछि तत्कालीन कप्तान रोहित शर्माले टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए। भारतले श्रीलंकासँग ३ ओडीआई पनि खेल्ने तालिका छ।
रोहितले सन्न्यास लिएपछि सुर्यकुमारसँगै हार्दिक पान्ड्या, शुभमन गिललाई कप्तानको रुपमा हेरिएको थियो । हार्दिक विश्वकप जित्ने टोलीको उपकप्तान थिएयसपटक शुभमनलाई उपकप्तान नियुक्त भएका छन् । जिम्बाब्वेसँग हालै भएको ५ टि ट्वान्टी श्रृंखलामा शुभमनले कप्तानी गरेका थिए।
भारतीय ओडीआई टोलीको कप्तानी रोहितले नै गर्नेछन् । भारत र श्रीलंकाबीच पहिलो टि ट्वान्टी साउनमा १२ गते, दोस्रो साउन १३ गते र तेस्रो साउन १५ गते हुनेछ। दुई टोलीबीचको ओडिआई साउन १८ गते सुरु हुनेछ।
भारतीय टि ट्वान्टी आई टोली
सूर्यकुमार यादव( कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद सिराज