Live ताजा अपडेट

Logout

संसदीय समिति कार्यदलमा सहमतिको प्रयास जारी

संसदीय समिति कार्यदलमा सहमतिको प्रयास जारी

काठमाडौँ, ८ जेठः सहकारीको रकम अपचलनका विषयमा  छानबिन गर्ने संसदीय समितिको कार्यदिशा टुङ्गो लगाउन गठित कार्यदलमा दुवै पक्षबीच सहमतिको प्रयास जारी रहेको छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको आजको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आ–आफ्ना धारणा राख्नुभयो । उक्त विषयमा छलफल पश्चात सहमतिका लागि पुनः बस्ने गरी बैठक सकिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर दुवै सदनका बैठक अवरोध गर्दै आएको छ । यही जेठ ५ गते सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदीय समिति गठन गर्ने सहमति भएको थियो । 

समितिको कार्यदेश टुङ्गो लगाउन कार्यदल गठन गरिएको हो । कार्यदलको आजको बैठकमा सबै पार्टीका तर्फबाट धारणा राखिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । बैठक आज बेलुका वा भोलि बस्ने उहाँले बताउनुभयो ।  

कार्यदलमा कानुनमन्त्री पदम गिरी, नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की, एमालेका प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री परियार र राष्ट्रिय स्वतन्त्रत पार्टीका शिशिर खनाल हुनुहुन्छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ