ट्रेन्डिङ

Logout

पार्टी फुटविरुद्ध उपेन्द्रको रिटमा यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

6.7k Shares

काठमाडौँ । सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादवले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो  ।1-upendra-reet.jpeg

2-upendra-reet.jpeg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार