बर्दीबास, वैशाख ४ गते । सुस्त मनस्थिति भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गौशाला नरपालिका– ७ जमुनियाका ५६ वर्षीय गिरीदेव चौधरीलाई बलात्कार अरोपमा मङ्गलबार पक्राउ गरेको हो ।
चौधरीले गाउँकै बोलन नसकने सुस्त मनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलत्कार गरेको जाहरीको आधारमा नियन्त्रणमा लिएको गौशालास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादवले जनाउनु भयो ।
बाबुआमा ज्याला मजदुरी गर्न गाउँ बाहिर गएको बेला एक्लो भएको मौका पारी चौधरीले घरमै प्रवेश गरी किशोरीलाई जवरजस्ती करणी गरेको पीडित परिवारको आरोप छ । किटानी जाहेरीपछि प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा खटि गएको टोलीले घटनास्थलको अनुसन्धान गरी बालिकाको स्वास्थ्य परीक्षण गराउनुका साथै चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
चौधरीमाथि अनुसन्धान कार्य भइरहेको र पहिलो पटक म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत महोत्तरी लगिएको गौशाला प्रहरीले जनाएको छ । प्रहरीले पीडित बालिकाको साङ्केतिक नाम २१ गौशाला ०८० (९) राखेको छ ।