उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
8.1k
Shares
काठमाडौँ, २८ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा आचारसंहिता लागू गराइएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचारसंहिता लागू हुने निकाय, अधिकारी, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले उक्त आचारसंहिताको पालना गर्नुपर्नेछ । आचारसंहिताको दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।
राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोग तथा निर्वाचन खर्च गर्दा आचारसंहिताको मापदण्डबमोजिम गर्नुपर्ने छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?
२.
देवडिहामा बालकको शव फेला, निष्पक्ष छानबिन र कारबाहीको माग
३.
सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको घटनाप्रति जेजेएनको गम्भीर आपत्ति
४.
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल
५.
लालजीप्रसाद हत्या प्रकरणमा नयाँ खुलासा, तीन जना पक्राउ
६.





