Logout

नेपालको कोशी प्रदेशको संखुवासभा जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

नेपालको कोशी प्रदेशको संखुवासभा जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

कोशी प्रदेशको संखुवासभा जिल्लाको चिचिला गाउँपालिका-३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको उद्घाटन आज काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा गर्नुभयो ।

२. विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो ।

३. सन् १९६२ मा संखुवासभा जिल्लामा स्थापना भएको श्री दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुन्छ ।

४. चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गर्नुभयो । वहाँहरुले नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

५. नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले भुईंतहमा प्राथमिकता क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारले गरेका विकासका प्रयासहरूमा भारत सरकारको निरन्तर सहयोग रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

काठमाडौं
२०८२ पौष ३

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ