Logout

दिल्ली निर्वाचन : आप र भाजपा बीच कडा प्रतिस्पर्धा

दिल्ली निर्वाचन : आप र भाजपा बीच कडा प्रतिस्पर्धा

दिल्ली विधानसभा निर्वाचन २०२५  को लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। यस पटक ७० सिटका लागि ६ सय ९९ जना उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन्। यस निर्वाचनमा करिब १ करोड ५६ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने विश्वास गरिएको छ। मतदानका लागि १३ हजार बुथहरू राखिएका छन्।

यस पटकको निर्वाचनमा आम आदनि पार्टी (आप) र भारतीय जनता पार्टी (भाजपा) बीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। आपले यसअघि २०१५ मा ६७ सिट र २०२० मा ६२ सिट जितेको थियो। यस पटक पनि आपले सबै ७० सिटमा उम्मेदवार उठाएको छ भने भाजपाले ६८ सिटमा मात्र उम्मेदवार दिएको छ। भाजपाले २ सिट सहयोगी पार्टी जनता दल युनाइटेड र लोक जनशक्ति पार्टीलाई छोडेको छ।

निर्वाचनमा संयुक्त रूपमा लड्ने ५ पार्टीहरूले विधानसभामा छुट्टाछुट्टै रूपमा प्रतिस्पर्धा गर्ने देखिएको छ। विधानसभामा बहुमत हासिल गर्न ३६ सिट आवश्यक छन्। यस निर्वाचनको नतिजा दिल्लीको राजनीतिक परिदृश्यलाई निर्धारण गर्ने अपेक्षा छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ