Live ताजा अपडेट

Logout

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका  पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

“देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,”सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गरेर भन्नुभएको छ ।

महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गर्दै सन्देशमा उहाँले  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका तथा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाउनुभएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ