2.5k
Shares
तुलसीपुर कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीमध्ये ७३ जना अझै समातिएका छैनन्।
कुल २५३ जना कैदीबन्दी फरार भएको घटनापछि केही सुधार भए पनि कैदी पूर्णरूपमा नियन्त्रणमा फर्कनुपर्ने काम अपुरो छ।
तुलसीपुर कारागारका जेलर गिरबहादुर सिजवालका अनुसार हालसम्म १६० जना कैदीबन्दी कारागारमा फर्किएका छन्।
तीमध्ये ९१ जना आफैँ फर्किएका हुन् भने ८९ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
२० जना अन्य जिल्लाका कारागारमा रहेका कैदीबन्दीसमेत फर्किएका कैदीमध्ये गणना गरिएको छ।
भदौ २३ गते राति १ सय २४ जना र भदौ २४ गते दिउँसो १ सय २९ जना गरी २५३ जना कैदीबन्दी एकैपटक कारागारबाट भागेका थिए।
कारागार प्रशासनका अनुसार फरार रहेका ७३ जनाको खोजी निरन्तर जारी छ।