5k
Shares
स्थानीय बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला सुनको मूल्य चार सय रूपैयाँले बढेर दुई लाख ४८ हजार ९ सय रूपैयाँ पुगेको छ।
गलबार सुन प्रतितोला दुई लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य बुधबार घटेको छ।
मंगलबार प्रतितोला चाँदी तीन हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको थियो भने बुधबार यो तीन हजार दुई सय ४० रूपैयाँमा झरेको छ।