ट्रेन्डिङ

Logout

चाँदीको मूल्य नयाँ रेकर्ड, सुनको भाउ घट्यो

4.7k Shares

सोमबार चाँदीको मूल्य नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला २,३५५ रुपैयाँ तोकेको छ। अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको यो मूल्य अहिलेसम्मकै उच्च हो। यसअघि गत साउन ७ गते र आइतबार चाँदीको कारोबार प्रतितोला २,३५० रुपैयाँमा भएको थियो।

यद्यपि चाँदी महँगिदा सुनको भाउ घटेको छ। सुनको मूल्य प्रतितोला १,९७,२०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन सुनको मूल्य १,९७,५०० रुपैयाँ थियो। यसअघि साउन २३ गते सुनको मूल्य प्रतितोला १,९९,४०० रुपैयाँमा पुगेको थियो, जुन अहिलेसम्मको उच्च रेकर्ड हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार