4.9k
Shares
बागलुङको गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा शुक्रबार बिहान विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
करिब ७ः४५ बजे हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसका विद्यार्थी बोकेको भ्यान सडकबाट सात मिटर तल खस्दा दुर्घटना भएको हो।
घाइते हुनेमा चालक २५ वर्षीय मोहन सिंह सुनार, विद्यार्थी १८ वर्षीया सुस्मीता विक, प्रमिला विक, जीवन खत्रि, मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा रहेका छन्।
सर्वै घाइतेलाई तत्काल उपचारका लागि गलकोट नगर अस्पताल बागलुङमा पुर्याइएको र उनीहरूको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक मन बहादुर कार्कीको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ।