5.5k
Shares
पर्सामा २५ वर्ष कैद सजाय पाएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि उनका आफन्तहरूले प्रदर्शन सुरु गरेका छन्। कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएका साहको मृत्युपछि नारायणी उपक्षेत्रीय अस्पताल अगाडि टायर बालेर विरोध प्रदर्शन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार, मंगलबार बिहान एक्सरसाइज गर्ने क्रममा साह एक्कासी वान्ता गर्दै बेहोस भएका थिए। उपचारका लागि अस्पताल लगिएकोमा उनको मृत्यु भएको थियो।
अहिले आफन्त र प्रहरीबीच छलफल भइरहेको छ। मृतकका आफन्तहरूले कारागार प्रशासनको लापरबाहीका कारण राहुलको मृत्यु भएको दाबी गरेका छन्।