ट्रेन्डिङ

Logout

सिन्धुपाल्चोकमा किशोरीमाथि बलात्कारको घटना: गर्भवती भएको थाहा नपाएर अस्पताल पुग्दा बच्चा जन्मियो

3.8k Shares

साउन २० गते सिन्धुपाल्चोककी एक किशोरीलाई पेट दुखेपछि उपचारका लागि अस्पताल लगिएको थियो। सोही दिन उनले अस्पतालमा शिशु जन्माइन्। अविवाहित किशोरीले पेट दुखाइको कारण गर्भवती भएको थाहा नपाएको र बच्चा जन्माएपछि मात्र यो कुरा खुलेको थियो। अस्पतालले प्रहरीलाई खबर गरेपछि घटनाको अनुसन्धान सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव खरेलका अनुसार, किशोरीले आफूमाथि पटक-पटक बलात्कार भएको बताएकी छन्। प्रहरीले सिन्धुपाल्चोकका ५० वर्षीय एक पुरुषलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। किशोरीले बलात्कारबाट गर्भ बसेको कुरा परिवारलाई समेत नबताएको र परिवारलाई समेत उनको गर्भवती अवस्थाबारे जानकारी नभएको प्रहरीले जनाएको छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले पक्राउ परेका व्यक्तिमाथि जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार