ट्रेन्डिङ

Logout

धनगढीमा प्रेम सम्बन्धका कारण हत्या: वेटर युवतीको चक्कु प्रहारबाट मृत्यु, प्रेमी कुक पक्राउ

6.7k Shares

धनगढी उपमहानगरपालिका अन्तर्गत बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालको प्रेमीले चक्कु प्रहार गरी हत्या गरेका छन्।

१५ दिनअघि मात्रै बौनिया बजारस्थित राजधानी सेकुवा एण्ड म:म सेन्टर मा वेटरको रूपमा काम गर्न थालेकी सेजुवालको हत्या सोही होटलका कुक ३३ वर्षीय निरज साउदले शनिबार बिहान गरेका हुन्।

साउद बर्दगोरिया–१ का स्थायी बासिन्दा हुन्। दुई सन्तानका बुबा साउदको श्रीमतीसँग पहिले नै सम्बन्ध विच्छेद भइसकेको थियो। होटलमा काम गर्ने क्रममा उनीहरूबीच चिनजान हुँदै प्रेम सम्बन्धमा विकसित भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार, शनिबार बिहान होटलको भान्छा कोठामा काम गर्ने क्रममा दुईबीच विवाद भएको थियो। विवादकै क्रममा साउदले नजिकैको चक्कु प्रयोग गरी सेजुवालको घाँटीमा प्रहार गरेका थिए।

‘दुई जना मात्र भान्छामा थिए। त्यही बेलामा विवाद भयो, अनि चक्कु प्रहार गरेका रहेछन्,’ डिएसपी सिंहले बताए। घटनापछि गम्भीर घाइते भएकी सेजुवाललाई तत्काल निसर्ग अस्पताल, धनगढी लगिएको थियो, तर उनको उपचारकै क्रममा मृत्यु भयो।

हत्या आरोपी साउदलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा साउदले सेजुवालसँग विवाहको वाचा भइसकेको तर उनी अरूसँग पनि फोन र भिडियो कलमा बोल्ने गरेको थाहा पाएपछि आफू आवेगमा आएको बयान दिएका छन्।

‘विवाह गर्छु भनेकी थिइन्, तर अरूसँग पनि कुराकानी गर्दै थिइन्। सोधपुछ गर्दा झगडा भयो अनि आवेगमा आएसँ,’ साउदको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले जनाएको छ, ‘रिसको झोंकमा नजिकैको चक्कु समाएर हिर्काएँ, अहिले गल्ती भएको महसुस भइरहेको छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार