ट्रेन्डिङ

Logout

चितवनमा २५ हजारभन्दा बढी घरपरिवार बाढी–पहिरोको जोखिममा, प्रशासनद्वारा उच्च सतर्कता

4.9k Shares

चितवन जिल्लामा वर्षातका कारण बाढी र पहिरोको उच्च जोखिममा २५ हजार ७३३ घरपरिवार रहेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार जिल्लाका सात पालिकाका करिब १ लाख २८ हजार ६६५ जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।

सबैभन्दा बढी जोखिम पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको छ, जहाँ १० हजार १०९ घरपरिवार५० हजार ९५० जना प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको विवरण अनुसार अन्य प्रभावित क्षेत्रहरू यस प्रकार छन्:

  • भरतपुर महानगरपालिका: ६,६३५ घर, ३३,१७५ व्यक्ति

  • माडी नगरपालिका: ३,९४६ घर, १९,७३० व्यक्ति

  • रत्ननगर नगरपालिका: २,३८१ घर, ११,९०५ व्यक्ति

  • कालिका नगरपालिका: १,००५ घर, ५,०२५ व्यक्ति

  • खैरहनी नगरपालिका: ३२० घर, १,६०० व्यक्ति

  • इच्छाकामना गाउँपालिका: १,२५६ घर, ६,२८० व्यक्ति

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बाढीको सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सबै सुरक्षा पूर्वतयारी गरिएको छ। नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने उद्धार, राहत, र स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको छ।

चितवन जिल्लामा नारायणी, त्रिशुली, राप्ती, लोथर, रिउखोला, र कयर खोला जस्ता नदी र खोलाहरूले प्रमुख जोखिम पैदा गर्ने गरेको छ। नारायणी नदीमा बनेको तटबन्धनले केही सुरक्षा गरे पनि तटबन्ध नभएका क्षेत्र अझै उच्च जोखिममा रहेको बताइएको छ।

साना र ठाडा खोलाहरूको बहावले पूर्वी चितवनमा थप जोखिम सिर्जना गर्न सक्ने भएकाले प्रशासनले स्थलगत निरीक्षण र सतर्कता बढाएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार