ट्रेन्डिङ

Logout

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरभित्र सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन

5.1k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरभित्र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌लाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित छलफलमा ओलीले सन् २०२६ मा जापानमा हुने एसियन गेम्सको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै प्रतिष्ठासँग जोडिएको बताउँदै यसलाई भव्य र व्यवस्थित बनाउन निर्देशन दिए।

उनीले प्रतियोगिताको मिति र स्थान निर्धारण गर्दा गहिरो अध्ययन गरेर मात्रै निर्णय गर्न र एकपटक निर्णय गरिसकेपछि फेरबदल नगर्न पनि आग्रह गरे।

परिषद्को संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा विशेष जोड दिए।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, र सदस्य सचिव टङ्कलाल घिसिङलगायतका पदाधिकारी सहभागी थिए।

यस निर्देशनसँगै राष्ट्रिय खेलकुदको तयारीलाई गति र गम्भीरता दिने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार