ट्रेन्डिङ

Logout

१४ वर्षपछि आमासँग पुनर्मिलन: स्वस्तिका केसीको जीवन छोने भावुक कथा

5.2k Shares

केवल ६ वर्षको उमेरमा परिवारबाट छुटेकी स्वस्तिका केसी झन्डै १४ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन हुन सफल भएकी छन्। विगत १२ वर्षदेखि काभ्रेको धुलिखेलस्थित एक बालगृहमा शर्मिला दिदीको स्याहारमा बस्दै आएकी स्वस्तिका अहिले कक्षा १२ मा अध्ययनरत छिन्।

यद्यपि, लामो समयसम्म परिवार भेट्ने कुनै आश नभएकी स्वस्तिकाले एकदिन आमा–बुबाको खोजी गर्ने निर्णय गरिन् र सहयोगका लागि अर्जुन भुषालसमक्ष पुगिन्। अर्जुन भुषालले परिवार भेटाउने बाचा गर्दै एक भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरे। उक्त भिडियो हेरेर स्वस्तिकाकी आमा सम्पर्कमा आइन् र अन्ततः झन्डै १४ वर्षपछि आमाछोरीको भावुक भेट भयो।

उक्त पुनर्मिलनको दृश्यले अहिले सामाजिक सञ्जालमा हजारौंको मन छोएको छ। देख्नमा सानो जस्तो लागे पनि यस्ता मानवता र सहकार्यले धेरैलाई बाँच्ने नयाँ आशा र प्रेरणा दिएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार