ट्रेन्डिङ

Logout

भारतले बंगलादेशबाट तयारी पोसाक र खाद्य वस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध, नेपाल र भुटानलाई छुट

7.2k Shares

भारतले शनिबार बंगलादेशबाट तयारी पोसाक, प्रशोधित खाद्य वस्तुलगायत केही सामग्रीको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको छ। वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले यो सम्बन्धमा सूचना जारी गरेको छ।

डीजीएफटीको प्रतिबन्ध तत्काल लागू भएको छ। यसअन्तर्गत, कुनै पनि भूमि बन्दरगाहबाट बंगलादेशका तयारी पोसाक आयात गर्न रोक लगाइएको छ। अब केवल न्हावाशेवा र कोलकाता बन्दरगाहबाट मात्र यस्ता सामग्री आयात गर्न अनुमति दिइनेछ।

डीजीएफटीका अनुसार, बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा भने बन्दरगाह प्रतिबन्ध लागू हुनेछैन।

मन्त्रालयले जनाएअनुसार, यी प्रतिबन्धहरू भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानमा लागू हुनेछैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार