ट्रेन्डिङ

Logout

आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

5.9k Shares

काठमाडौँ। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोलीको घोषणा गरेको छ। 


नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लले जिम्मेवारी सम्हालेपछि घोषित टोलीमा अधिकांश पुराना खेलाडीहरूले निरन्तरता पाएका छन्। टोलीको कप्तानमा रोहितकुमार पौडेल छन् भने अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।


नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल। 
विश्वकप लिग–२ पछि स्कटल्यान्डमै हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि थप तीन खेलाडी छनोट गरिएका छन्।
टी–२० टोलीमा मात्र समावेश खेलाडी: रुपेश कुमार सिंह, लोकेस बम, किरण ठगुन्ना। 
लिग–२ को खेल जेठ १९ देखि सुरु हुनेछ भने टी–२० सिरिज असार २ देखि शुरू हुनेछ।

cricket-nepal.jpg

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार