Live ताजा अपडेट

Logout

बजेट वक्तव्यः भूकम्पपछिको पुनःनिर्माणका लागि रु २१ अर्ब ६० करोड बजेट

बजेट वक्तव्यः भूकम्पपछिको पुनःनिर्माणका लागि रु २१ अर्ब ६० करोड बजेट

काठमाडौँ, १५ जेठ : सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन रु २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ ।
  
अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१÷२०८२ बजेट वक्तव्यमा सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनःनिर्माण गरिने उल्लेख छ । बजेट विनियोजन गरेसँगै सरकारले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिने घोषणा गरेको छ ।
 
विसं २०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा क्षति गरेको थियो । ती जिल्लामा अस्थायी आवास निर्माण जारी रहे पनि स्थायी आवास पुनःनिर्माणमा तीव्रता दिने बजेट वक्तव्यमा उल्लेख छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ