Logout

राष्ट्रियसभाको बैठक स्थगन

राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो १ः१५ मिनेटका लागि तय भएको बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना प्रकाशन गरेको छ । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ । उक्त समिति गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताबीच समझदारी भए पनि समितिको कार्यक्षेत्र निर्धारणका विषयमा कार्यदलस्तरमा सहमति जुटन नसक्दा राजनीतिक अवरोध हुँदै आएको छ । 

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ११ गते शुक्रबार अपरान्ह  १ः१५ मिनेटमा बस्ने छ । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ