काठमाडौँ, ८ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताउनुभयो । “कांग्रेस आफ्नो अडानमा कायम छ । बचतकर्ताको रकम फिर्ता नभएसम्म यो अडान कायम रहन्छ”, उहाँले भन्नुभयो । सांसद पाण्डेले सहकारी ठगीसम्बन्धमा सञ्चारमाध्यममा थप नयाँ विषय सार्वजनिक भइरहेका उल्लेख गर्दै गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला वर्तमान गृहमन्त्री रवि लामिछानेलगायत अन्य व्यक्तिले विभिन्न सहकारीबाट ठूलो रकम ऋण लिएका र विभिन्न तहबाट त्यसबारेमा छानबिन भइरहेको बताउनुभयो । –––
संसद् कांग्रेसको अवरोध कायमै
8.4k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?
२.
देवडिहामा बालकको शव फेला, निष्पक्ष छानबिन र कारबाहीको माग
३.
सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको घटनाप्रति जेजेएनको गम्भीर आपत्ति
४.
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल
५.
लालजीप्रसाद हत्या प्रकरणमा नयाँ खुलासा, तीन जना पक्राउ
६.






