Live ताजा अपडेट

Logout

सुनकोशीमा तीन बालबालिका बेपत्ता

सुनकोशीमा तीन बालबालिका बेपत्ता

उदयपुर, ११ चैत ः उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरु नुहाउन नदीमा जाँदा आज दिउँसो वेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु आज दिउँसो होली खेलेर  सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन्  । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको  खोजी जारी राखेको जानकारी दिनुभयो । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ