Live ताजा अपडेट

Logout

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, तोडियो अनशन

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, तोडियो अनशन

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ अनशत अन्त्य गरेका छन् । पटक पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ अनशत अन्त्य गरेका छन् ।

पटक पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरी अनशन तोडाएका हुन् ।

डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताए । उनले भने, “यो डा केसीको अन्तिम अनशन हो, उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन् ।”

डा. केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ