4.7k
Shares
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित तमोर–५ जलविद्युत आयोजनाको टिप्पर तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार तनहुँको शुक्लागण्डकी–४ घर भएका २४ वर्षीय सुदीप सुवेदी बेपत्ता भएका हुन्। सुवेदी सो आयोजनामा मेकानिकका रूपमा कार्यरत थिए।
आयोजनाको ग १ क ६३१८ नम्बरको टिप्परमा समस्या आएपछि मर्मत गरी जाँच गर्ने क्रममा सवारी अनियन्त्रित भई नदीमा खसेको प्रहरीले जनाएको छ।
हाल टिप्पर नदीको बीचभागमा देखिए पनि सुवेदी भने बेपत्ता छन्। खोजीका लागि लुङ्थुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले प्रयास जारी राखेका छन्।