4.8k
Shares
रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दिउँसो २ बजे दुर्घटनाग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहका अनुसार बस सडकबाट करिब ३० मिटर तल खसेको हो।
दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्, जसमा एकजनाको अवस्था गम्भीर छ। घाइते सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारका लागि पठाइएको छ।