ट्रेन्डिङ

Logout

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

5.2k Shares

जाजरकोटको भेरी नगरपालिका–१ कोल्चौर नजिकै कल्ले खोलामा गए राति भएको एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। भेरी नगरपालिका–१ डौरीकाँडाका २७ वर्षीय शुनिल चनाराको घटनास्थलमै निधन भएको हो।

भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाका अनुसार खलङ्गाबाट बिरामी लिन डौरीकाँडा जाँदै गरेको उदय युवा क्लब मुसीकोट–१३को नाममा दर्ता भएको भे १ च २२४७ नम्बरको एम्बुलेन्स गए राति १ बजे दुर्घटनामा परेको हो।

अस्थायी प्रहरी चौकी होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले उकालो चढ्ने क्रममा भित्तामा ठोक्किँएर एम्बुलेन्स करिब दुई सय मिटर तल खसेको जानकारी दिए। घटना राति भए पनि स्थानीयले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।

हाल प्रहरीले घटनास्थलमा मुचुल्का तयार गर्दै चालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी गरिरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार