ट्रेन्डिङ

Logout

पाँचथरमा हराइरहेका दुई बालबालिका खोलामा मृत अवस्थामा फेला

4.4k Shares

पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन्। स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राईको शव मंगलबार बिहान बिरुवा खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बालबालिका हराएपछि परिवार, स्थानीय बासिन्दा, प्रहरी, वडा कार्यालय र जनप्रतिनिधिहरूले खोजी गरेका थिए। गाउँ, जंगल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरिएको थियो।

साविक च्याङथापु १ र ८ लाई छुट्याउने सिमानामा पर्ने बिरुवा खोलामा दुवै जनाको शव भेटिएको वडा अध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिएका छन्।

प्रहरीले घटनास्थलको प्रकृति अनुसार मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी गरेको जनाएको छ। साथै घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरिक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार