ट्रेन्डिङ

Logout

झापामा दुई युवाको शङ्काश्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु

5.9k Shares

झापाको शिवसताक्षी नगरपालिका–९ मा बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको शङ्काश्पद मृत्यु भएको घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक जानकारीअनुसार, दुवै युवाको मृत्यु साथीहरूसँगको कुटपिटका कारण भएको हुन सक्ने बताइएको छ।

गत असार ११ गते भएको कथित कुटपिटको घटनापछि थापा र तामाङ घाइते भएका थिए। उनीहरूले परिवारलाई झगडा वा कुटपिटको बारेमा कुनै जानकारी दिएका थिएनन्। घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको हो। थापाको शनिबार र तामाङको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार, कुटपिटमा संलग्न भएको आशङ्कामा ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरू सबै १६ वर्षमुनिका किशोरहरू रहेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दर्ता भएपछि अनुसन्धान तीव्र पारिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार