ट्रेन्डिङ

Logout

मन्त्री कुलमान घिसिङ बर्दियामा: पुल शिलन्यासदेखि सिँचाइ र तटबन्ध अनुगमनसम्म

4.5k Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया जिल्ला पुग्नुभएको छ। जिल्लाका विभिन्न स्थानमा विकास आयोजना अनुगमन तथा पुल शिलन्यास गर्ने उद्देश्यले मन्त्री घिसिङ बर्दिया आउनुभएको हो।

बर्दियाको बहुचर्चित जब्दीघाटमा भत्किएको पुलको स्थलगत अनुगमन मन्त्री घिसिङको प्रमुख कार्यसूचीमा रहेको छ। यसका साथै तटबन्ध, सिँचाइ आयोजना, विभिन्न पुलहरूको निरीक्षण तथा झोलुङ्गे पुल शिलन्यास गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

बुधबार मन्त्री घिसिङले सत्तिघाट पुल, दलाई घाट तटबन्ध, कर्णाली नदीको कटान क्षेत्र टिहुनी, ओखरिया इन्टेक तथा राजापुर सिँचाइ आयोजनाको अनुगमन गर्नुहुने कार्यक्रम छ। त्यस्तै, दौलतपुर घाटमा झोलुङ्गे पुलको शिलन्यास गर्ने योजना पनि रहेको छ। मन्त्री घिसिङ उज्यालो नेपाल पार्टीद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुने कार्यक्रमसमेत छ।

यसैक्रममा बिहीबार उद्योग वाणिज्य संघ ठाकुरद्वारामा सरोकारवालासँग अन्तरक्रिया गरी वन्यजन्तुजन्य समस्या र त्यसका समाधानबारे छलफल गरिनेछ। साथै गुलरिया नगरपालिकाको सिँचाइ नहर तटबन्धको अनुगमन तथा जब्दीघाट पुलको स्थलगत निरीक्षण र सम्बोधन गर्ने कार्यक्रम रहेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सोम डेमनडौराले जानकारी दिनुभयो।

मन्त्री घिसिङ दुई दिनसम्म बर्दियामा रहने कार्यक्रम छ। मङ्गलबार बर्दिया हुँदै कैलालीको टिकापुर पुग्नुभएका मन्त्री घिसिङलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी प्रमुख सरोज पौडेललगायत सुरक्षा समितिका सदस्यहरूले स्वागत गरेका थिए।

 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार