ट्रेन्डिङ

Logout

एमाले राजनीतिबाट विदा लिने पूर्वमन्त्री दलबहादुर रानाको घोषणा

4.4k Shares

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले पार्टी राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफू आगामी महाधिवेशनबाट कुनै पनि जिम्मेवारी नलिने र सक्रिय राजनीतिबाट अलग हुने जानकारी दिएका हुन्।

रानाले केन्द्रविन्दुसँगको विशेष कुराकानीमा पारिवारिक कारणले पूर्ण रूपमा सक्रिय भएर काम गर्न नसक्ने परिस्थिती बनेकाले एमालेको सक्रिय राजनीतिक भूमिकाबाट हट्ने निर्णय गरेको बताए।
उनका शब्दमा,
“हाल पारिवारिक कारणले पार्टीको जिम्मेवारीमा सक्रियतापूर्वक काम गर्न सक्ने अवस्था नभएकाले २०८२ मंसिर २७–२९ काठमाडौंमा हुने ११औँ महाधिवेशनदेखि राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु। सक्रिय राजनीतिक जीवनबाट अलग भए पनि, पार्टी सदस्यका रूपमा आवश्यक परेको बेला अनुभवका आधारमा देश, जनता र पार्टीको हितमा भूमिका निभाइरहनेछु।”

उनको राजनीतिक यात्रा

  • २०३५/३६ सालदेखि तत्कालीन नेकपा मालेसँग नजिकिएर राजनीति यात्रा सुरु

  • युथ कम्युनिस्ट लिगबाट संगठित राजनीति

  • पेशागत संगठन पारामेडिकल एसोसियसन (स्वास्थ्यकर्मी संघ) पाल्पाको नेतृत्व

  • लांघाली परिवार (हालको नेपाल मगर संघ) पाल्पा जिल्ला सचिव

  • भूमिगत कालमा २ वर्ष गुल्मी जिल्ला कमिटी प्रमुख

  • पाल्पा जिल्ला कमिटी सचिव दुई कार्यकाल

  • एमालेको ८औँ महाधिवेशनबाट केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश सह–इन्चार्ज

  • ९औँ महाधिवेशनबाट पोलिटब्युरो सदस्य

  • पार्टीको भूमि व्यवस्था विभाग इन्चार्ज

  • २०४९ मा वडा अध्यक्ष हुँदै जनप्रतिनिधिको यात्रा

  • प्रतिनिधि सभा सदस्य २ पटक (२०५१, २०७४)

  • संविधान सभा सदस्य २०७०

  • २०७० सालमा छोटो समय भूमि सुधार तथा व्यवस्था मन्त्री

पाल्पाबाट तीनपटक सांसद बनेका राना पछिल्लो कार्यकालमा भने प्रतिनिधित्वमा परेनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार