4.3k
Shares
मंगलबार मध्यान्ह प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्दै फेरि संसद् भवनभित्र प्रवेश गरेका छन् । सोमबार पनि उनीहरू भवनभित्र प्रवेश गर्दा स्थिति तनावपूर्ण बनेको थियो ।
संसद् भवनभित्र प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गर्दै गोलीसमेत चलाएको छ । गोली चलेपछि प्रदर्शनकारीहरू तितरवितर भएका छन् । यसैबीच, मूल गेटमा आगजनी गरिएको छ र गेटबाट कालो धुवाँ निस्किरहेको छ ।