4.7k
Shares
एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा दोषी ठहरिएका दुई जना करिब १२ करोड जरिवाना र १० वर्ष कैद सजायसहित पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेका व्यक्तिमा काठमाडौं महानगरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुर सूर्यविनायक–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ रहेका छन्।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार प्रधानलाई ९ करोड २१ लाख ५० हजार जरिवाना र ७ वर्ष कैद, श्रेष्ठलाई २ करोड ५० लाख जरिवाना र ३ वर्ष कैदको फैसला भएको थियो। उनीहरू लामो समयदेखि फरार थिए।
अनुसन्धानबाट बैंकका कर्मचारीको मिलेमतोमा गुड फर पेमेन्टको नाममा ठूलो रकम घोटाला भएको तथ्य बाहिर आएको थियो। सन् २०१२ (वि.सं. २०६९) मा प्रकरण सार्वजनिक भएपछि विशेष छानबिन समितिले अनुसन्धान अघि बढाएको थियो।