5.9k
Shares
अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ, जसमा एक बालक पनि छन्।
टेक्सासको डल्लासमा गत शनिबार बिहान भएको घटनामा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षे छोरा प्रनिशको मृत्यु भएको छ, सीबीएस न्युजले जनाएको छ।
रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत फेला परेका थिए भने ललित गम्भीर घाइते अवस्थामा भेटिएर उपचार क्रममा ज्यान गुमाएका छन्।
ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिब डेढ दशकअघि पुनर्वासका लागि अमेरिका पुगेका थिए। उनकी श्रीमती रञ्जनाको माइत काठमाडौंमा रहेको जनाइएको छ।